शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

गोविन्दपुरको अलपत्र खानेपानी आयोजनाको काम पुनः सञ्चालन

images
मंगलबार, माघ ८ २०८१
images
images
गोविन्दपुरको अलपत्र खानेपानी आयोजनाको काम पुनः सञ्चालन

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीनसय ९४ स्थानीय लाभान्वित हुनेछन्।

images
images

सिरहा- लहान नगरपालिका-१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौँदेखि अलपत्र रहेको मखानेपानी आयोजनाको काम पुनः सञ्चालन भएको छ। आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुवात भएको हो।

images
images
images

अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट ६० लाख रूपैयाँ लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उनले विश्वास व्यक्त गरे।

images
images

'वर्षौँदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका-१६ र १७ का स्थानीयवासी संघर्षरत थिए', नगरप्रमुख चौधरीले भने, 'खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ। अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ।'

images
images
images

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीनसय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिए। उनका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्यांक बनिसकेको छ। 

यसअघि दुईवटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियो। नजिकै पोखरी हुँदा सुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भइ आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिए। उनका अनुसार अहिले पहिलेकोभन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ।

लहान-१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए। नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend