शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

देवघाट जाने झोलुंगे पुलको मर्मत थालियो, मोटरसाइकल आवागमनमा रोक

images
मंगलबार, माघ ८ २०८१
images
images
देवघाट जाने झोलुंगे पुलको मर्मत थालियो, मोटरसाइकल आवागमनमा रोक

चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुंगे पुल मर्मत थालिएको हो। पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी ६ जना खटिएका छन्।

images
images

तनहुँ- जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुंगे पुल मर्मत सुरु गरिएको छ। चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुंगे पुल मर्मत थालिएको हो।

images
images
images

तनहुँको देवघाट गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए। मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनले बताए।

images
images

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुंगे पुल जीर्ण भएकाले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले उल्लेख गरे।

images
images
images

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताए। पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले उल्लेख गरे। पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी ६ जना खटिएका छन्। 

विसं २०३७ मा निर्मित उक्त झोलुंगे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो। झोलुंगे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक ६ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिए।

विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुंगाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुंगे पुल रहेपनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिए।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताए। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend