शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हेटौँडा उपमहानगरद्वारा ६ महिनामा १९ करोड राजस्व संकलन

images
मंगलबार, माघ ८ २०८१
images
images
हेटौँडा उपमहानगरद्वारा ६ महिनामा १९ करोड राजस्व संकलन

यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा तीन करोड १२ लाख रूपैयाँ बढी हो।

images
images

बागमती- मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १९ करोड ७४ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ रूपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा तीन करोड १२ लाख रूपैयाँ बढी हो।

images
images

सो चालु आवको ६ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार रूपैयाँ, घरबहाल करबाट दुई करोड ८१ लाख ७३ हजार रूपैयाँ, नक्सापास दस्तुरबाट दुई करोड ७६ लाख ६५ हजार रूपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार रूपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ६२ लाख ८३ हजार रूपैयाँ, बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार रूपैयाँ, व्यवसाय करबाट एक करोड ८३ लाख ११ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए।

images
images
images

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख ८६ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको ६ महिनामा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend