शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

images
सोमबार, माघ ७ २०८१
images
images
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

यसवर्ष पाँच हजार मेट्रिकटन सुन्तला खरिदबिक्री हुँदा कृषिबजारबाट ६० करोड रूपैयाँ हाराहारीको कारोबार भएको अनुमान गरिएको छ।

images
images

सुनसरी- गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ।

images
images
images

उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ। यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन्।

images
images

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताए।

images
images
images

यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी भएको भोजपुरका किसान प्रदीप राईले बताए। उनले भने, 'गत वर्षहरुमा १५ देखि २० मेट्रिकटनसम्म सुन्तला फल्ने गर्थ्यो यस वर्ष भने १२ मेट्रिकटन मात्र सुन्तला फल्यो।'

उनले विगत १८ वर्षदेखि सुन्तला व्यापार गर्दै आएको बताए। धरान कृषि बजारमा कात्तिक महिनाको अन्तिम सातादेखि हालसम्म दुई हजार पाँचसय मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ।

दैनिकरुपमा धरान कृषि बजारमा २५ टन बढी सुन्तला आउने गरेको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष भट्टराईले बताए। गत वर्ष धरान कृषिबजारमा प्रतिकिलो ७० रूपैयाँसम्ममा बिक्री भएको सुन्तला हाल प्रतिकिलो एकसय रूपैयाँदेखि दुईसय रूपैयाँसम्ममा बिक्री भइरहेको छ। सुन्तलाको मूल्य मौसमअनुसार घटबढ हुने गर्छ।

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र घाम नलागेको दिन मूल्य घट्ने व्यापारीहरुको भनाइ छ। कृषिउपज बजारस्थलको तथ्यांकअनुसार गत वर्ष धरानमा आठ हजार पाँचसय मेट्रिकटन सुन्तला बिक्री हुँदा करिब एक अर्ब रूपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने पाँच हजार मेट्रिकटन सुन्तला खरिद बिक्री हुँदा कृषिबजारबाट ६० करोड रूपैयाँ हाराहारीको कारोबार भएको अनुमान गरिएको छ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङसम्मका सुन्तला धरान ल्याउने  गरिएको छ। व्यापारीले धरानबाट इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमक र मधेश प्रदेशका विभिन्न जिल्लासम्म सुन्तला बिक्रीका लागि पु-याउने गरेका छन्। रासस


प्रकाशित : सोमबार, माघ ७ २०८११२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend