आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

आव २०८०/८१ को प्रतिवेदन सार्वजनिक गर्न अनुगमन तथा मूल्यांकन समितिद्वारा सरकारको ध्यानाकर्षण

images
आइतबार, माघ ६ २०८१
images
images
आव २०८०/८१ को प्रतिवेदन सार्वजनिक गर्न अनुगमन तथा मूल्यांकन समितिद्वारा सरकारको ध्यानाकर्षण

सांसद दिलेन्द्र बडुले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानून निर्माण भए र निर्माण हुन बाँकी कानूनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले ‘आर्थिक वर्ष २०८०/८१’ को प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

images
images
images

समितिको आजको बैठकले संविधानको धारा ४३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष सकिएको ६ महिनासम्म पनि सरकारले आव २०८०/८१ को प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

images

सांसद हितराज पाण्डेले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनबारे कानूनमा के छ त्यसबारे समिति सबैभन्दा पहिले जानकार हुनुपर्नेमा जोड दिए।

images
images
images

सांसद दिलेन्द्र बडुले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानून निर्माण भए र निर्माण हुन बाँकी कानूनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए।

सांसद सन्तोष परियारले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्रीनै सहभागी हुनुपर्ने बताए।

मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित गराउनेबारे समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, माघ ६ २०८११४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend