मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

भैँसेपाटीस्थित मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू

images
शनिबार, माघ ५ २०८१
images
भैँसेपाटीस्थित मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू

संघीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो।

images
images

काठमाडौं- ललितपुरको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ। संघीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो।

images
images
images

यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन। खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको खानेपानी मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं उपत्यका खानेपानी लिमिटेडद्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका-१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका-१८, मगरगाउँ, ललितपुर महानगरपालिका-१४, बूढामार्ग, ललितपुर महानगरपालिका-१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका-१७, बाफल, ललितपुर महानगरपालिका-२६, चोखेल, ललितपुर महानगरपालिका-१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका-८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

images
images

योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ। परियोजनाले विशेषतः सहरी र अर्ध-सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

उनले भने, 'लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरिएको छ।' रासस


प्रकाशित : शनिबार, माघ ५ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend