बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

प्रधानमन्त्री ओलीले भने - फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ४ २०८१
images
images
प्रधानमन्त्री ओलीले भने - फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन

प्रधानमन्त्री ओलीले आयातित कोइला, पेट्रोल, डिजेललगायत वातावरणमा समेत प्रभाव पार्ने ‘फोसिल फ्युल’को प्रयोग घटाउँदै अधिकभन्दा अधिक नवीकरणीय ऊर्जा उत्पादन बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन्।

images
images
images

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन्। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनले बताए। 

images

'हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन्। धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्यास उत्पादन हुँदैछ। ध्वस्त भएका उद्योगले पुनःजीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ', प्रधानमन्त्री ओलीले भने, 'ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँनयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकको योगदानको म प्रशंसा गर्दछु। तपाईंहरु लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन।'

images
images
images

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई ऊर्जा उत्पादकहरुले हासिल गरेको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकासलाई गति दिन अध्यादेश जारी भएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा तिनलाई पेस गरी दुई महिनाभित्र पारित गरिने बताए। 

प्रधानमन्त्री ओलीले आयातित कोइला, पेट्रोल, डिजेललगायत वातावरणमा समेत प्रभाव पार्ने ‘फोसिल फ्युल’को प्रयोग घटाउँदै अधिकभन्दा अधिक नवीकरणीय ऊर्जा उत्पादन बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे। 

उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे। 'तपाईहरु लगानी गर्नुस्। अरुलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,' उनले भने, 'अप्पर अरुण अरुले पैसा नदिने भएर समस्या भएको हो। आफै आफै उठाउ न। ठूलो कुरा मानिसहरुको सहभागिता हो। ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन्।'

उनले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केहि गरेको भन्दै आभार व्यक्त गरे। 'देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ। यो राष्ट्रिय भावनालाई सम्मान छ। कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्‍याउन खोजेका हुन्छन्। तपाईंहरुले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो। गर्‍यो भने हुन्छ भन्ने सफलताका कथाहरु भनिरहनु भएको छ,' उनले भने, '९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ। ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ। हामी काम गर्न सक्छौँ।'

उनका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन। 'ऊर्जाले खपतका ठाउँहरु आफै बनाउँछ। धौवादीबाट फलाम खानी उत्खनन् हुँदैछ। त्यहाँबाट उत्खनन् गरेर फलाम बनाउने हो। ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिँदैन,' उनले भने, 'मल उद्योग खोल्नुछ। अरु उद्योगहरु ब्युँताउनुपर्नेछ। विभिन्न मोडल अपनाएर चला उनुपर्नेछ। त्यसका लागि ऊर्जा चाहिन्छ।'

प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो? भन्दै प्रश्न गरे। '५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भयो। ६ महिनामा सरकार परिवर्तन हुने भयो। सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए। ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो। कारण अरु पनि छन्,' उनले भने,'प्राकृतिक रुपले सम्पन्न छौँ। विकास चाहिन्छ वातावरण चाहिन्छ।  इकोसिस्टम कायम राख्नु छ। संगसंगै विकास पनि गर्नुछ। ' 

उनले मान्छे पस्न नपाउने वन के काम? भन्दै प्रश्न गरे। 'नीतिहरु काम गर्नका लागि हुन रोक्नका लागि होइन। ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ' उनले भने, 'नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन।'

प्रधानमन्त्री ओलीका अनुसार नेपालमा अहिले साढे ३ सय बाघ छन्। 'अब पनि डबल गर्ने?,'उनले भने, 'अमेरिका गएका केटाकेटीको पछि लाग्ने?, बाघ घटाउनुपर्छ। बाघको सुरक्षा गर्ने तर मान्छेको नगर्ने भन्ने हुँदैन।'


प्रकाशित : शुक्रबार, माघ ४ २०८११४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend