मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ४ २०८१
images
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख ९ हजार खर्च भएको छ।

images
images

बागमती- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ।

images
images
images

पुससम्ममा कुल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए। 

images
images

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख ९ हजार खर्च भएको छ। चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ। 

images
images

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ ४ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend