बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

आन्तरिक राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन बढ्यो

images
बिहीबार , माघ ३ २०८१
images
images
आन्तरिक राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन बढ्यो

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड तीन लाख रूपैयाँ राजस्व संकलन भएको थियो।

images

कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिए।

images
images
images

'चालु आवको ६ महिनामा एक अर्ब ८८ करोड ५८ लाख २१ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८० दशमलव ४६ प्रतिशत राजस्व संकलन भयो', उनले भने, 'चालु आवको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार संकलन हुनसकेन।' 

कार्यालयले समीक्षा अवधिमा आयकरबाट ६६ करोड ३१ लाख ४८ हजार रूपैयाँ, ब्याजबापत चार करोड ७५ लाख ९६ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करबापत ५२ करोड २० लाख ३० हजार अन्तःशुल्क बापत २६ करोड ५० लाख पाँच हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको कर अधिकृत राईले बताए। उनका अनुसार स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन भइरहेका छन्। रासस


प्रकाशित : बिहीबार , माघ ३ २०८११७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend