मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

अरुणखोलाको जलुकेमा १६ करोड ४९ लाख लागतमा पक्की पुल निर्माण

images
बिहीबार , माघ ३ २०८१
images
अरुणखोलाको जलुकेमा १६ करोड ४९ लाख लागतमा पक्की पुल निर्माण

यस सडक स्तरोन्नतिको काम सम्पन्न भइ चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ।

images
images

रामपुर- पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ।

images
images
images

लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षौँदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ।

images
images

जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले विशेषगरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए। उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिब आधा घण्टाको दुरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको छ।

images
images

पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले दुई स्पान रहेको  पुल मूल्य अभिवृद्धि कर (भ्याट)सहित १६ करोड ४९ लाख ५७ हजार चारसय रूपैयाँको लागतमा निर्माण गरिएको बताए।

गण्डकी प्रदेश तनहुँको भिमाददेखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर-मित्याल हुँदै अरुणखोला सडकअन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना छ। सो योजनाअन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतिको काम भएको छ भने पाल्पा खण्डमा बाँकी छ।

भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो। यस सडक स्तरोन्नतिको काम सम्पन्न भइ चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ। रासस


प्रकाशित : बिहीबार , माघ ३ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend