शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६ महिनामा उठायो २३ अर्ब ३४ करोड राजस्व

images
बिहीबार , माघ ३ २०८१
images
images
सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६ महिनामा उठायो २३ अर्ब ३४ करोड राजस्व

गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रूपैयाँले कमी आएको छ।

images
images

वीरगञ्ज- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो।

images
images
images

गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रूपैयाँले कमी आएको छ।

images
images

कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रूपैयाँ राजस्व संकलन गर्‍यो। त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख रूपैयाँ, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख रूपैयाँ, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व संकलन गरेको थियो।

images
images
images

त्यस्तै मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो। कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : बिहीबार , माघ ३ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend