बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

images
बुधबार, माघ २ २०८१
images
images
रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रास्वपा सभापति रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए।

images
images

काठमाडौं- जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो।

images
images
images

गोरखा मिडिया नेटवर्कमा कानूनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चारसय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो। सभापति लामिछानेविरुद्ध पाँच करोड ७८ लाख ९८ हजार चारसय ८० रूपैयाँ बिगो माग दाबी गरिएको थियो।

images

सभापति लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए। बचतकर्ता (जाहेरवाला) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गरेका थिए।

images
images
images

पीडितकोतर्फबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा दिनेश त्रिपाठी बहस गरेका थिए। रासस


प्रकाशित : बुधबार, माघ २ २०८११८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend