बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

व्यासमा ४० लाख रूपैयाँ लागतमा कृषिउपज संकलन केन्द्र स्थापना

images
बुधबार, माघ २ २०८१
images
images
व्यासमा  ४० लाख रूपैयाँ लागतमा कृषिउपज संकलन केन्द्र स्थापना
फाइल तस्बिर

गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज संकलन गरी सहज रूपमा बजारीकरण गर्न केन्द्र स्थापना गरिएको हो।

images
images

तनहुँ- व्यास नगरपालिका-१० दुम्सीमा कृषिउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ। गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज संकलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।

images
images
images

नगरको ३५ लाख ५१ हजार रूपैयाँ सहयोग र बाँकी जनश्रमदानबाट संकलन गरी ४० लाख ७४ हजार तीनसय ५९ रूपैयाँ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। 

images

नगरप्रमुख वैकुण्ठ न्यौपानेले मंगलबार उक्त केन्द्र उद्घाटन गर्दै संकलन केन्द्रमार्फत उत्पादक र उपभोक्ता प्रत्यक्ष रूपमा जोडिनुका साथै स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त होस् भन्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग संकलन गरिएको उनले बताए।

images
images
images

नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दूध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात गर्नेगरी कृषकले उत्पादन गर्नुपर्नेमा जोड दिए।

व्यास-१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायत कृषिउपज बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे। 

कृषिउपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएका यहाँस्थित सिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए। रासस


प्रकाशित : बुधबार, माघ २ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend