बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

images
बुधबार, माघ २ २०८१
images
images
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन्। नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन्।

images
images

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ। नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो।

images
images
images

नगरपालिकाले सुरु गरेको निकै महत्वकांक्षी योजना सफल बनाउन यसवर्ष वडा नं ६ नेर्पामा १२ लाख रूपैयाँ तथा वडा नं १४ बुइपामा पाँच लाख रूपैयाँका कफीका बिरुवा उत्पादन गरिएको छ। नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किरहेका छन्। 

images
images

बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन्। नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन्।

images
images
images

अहिले हुर्कँदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई विरतण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए। उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुनेगरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

बेलायती कम्पनीले निःशुल्क बीउ उपलब्ध गराए पनि नर्सरी भने नगरपालिकाको लगानीमा स्थापना गरिएको जनाइएको छ। जग्गा, पाइप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिकलगायत व्यवस्थापन गरेर अहिलेसम्म २० लाख रूपैयाँ खर्च भइसकेको छ।

नर्सरीमा उमारिएका कफीका बेर्ना १५ देखि १८ महिना पुगेपछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए।

'किसानका २५ जनाको समूह बनाएर कफीको बिरुवा वितरण गर्ने योजना छ नर्सरीमा उत्पादित कफीका बिरुवा व्यक्तिगत रूपमा चाहिने किसानलाई पनि उपलब्ध गराइन्छ', उनले भने, 'गत वर्ष नगरपालिकाले ४२ हजार चारसय २० वटा बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियो। त्यसमा नौ लाख १२ हजार ३० रूपैयाँ लागेको थियो। त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ।'

कफी प्रवर्द्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट १५ लाख रूपैयाँ बजेट प्राप्त भएको नगरपालिकाले जनाएको छ। प्रदेश सरकारबाट प्राप्त रकमले कफीका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क प्रदान गर्न तयारी गरिएको जनाइएको छ। 

आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको नगरपालिकाले जनाएको छ। खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि नर्सरी स्थापना गरिएको जनाइएको छ।

कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब रूपैयाँ रकम भित्रिने आकलन गरिएको उपप्रमुख विशन राईले बताए। 'दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ। नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ', उनले भने, 'प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ। कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउनेछौँ। त्यसका लागि टेराम्रिदा कम्पनीसँग सम्झौता भइसकेको छ।'

समुद्री सतहबाट आठ सयदेखि एक हजार छ सय मिटरको उचाइमा कफीखेती उपयुक्त मानिन्छ। यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पा चिउरीडाँडा र निर्मलीडाँडामा कफीखेतीको राम्रो सम्भावना देखिएको छ। कफीको व्यावसायिक खेती प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष कफी प्रशोधन केन्द्रसमेत स्थापना गर्नेगरी अध्ययन भइरहेको उपप्रमुख राईले जानकारी दिए।

'कफीखेतीको माध्यमबाट नागरिकलाई रोजगार बनाउने योजना छ। उत्पादन भएको कफी प्रशोधन गर्न प्रशोधन केन्द्र बनाउँछौँ', उनले भने, 'प्रशोधन गर्न नसकिएको कफी सिधै बेलायत पुग्छ, बजारको कुनै चिन्ता हुँदैन।'

नगरपालिकाले गरेको अध्ययनअनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउने सकिने क्षेत्र छ। पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा केही वर्षअघिदेखि कफीखेती हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, माघ २ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend