बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

बाहुनडाँगीमा तरुल महोत्सव : तरुलबाट बनाइएको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १ २०८१
images
images
बाहुनडाँगीमा तरुल महोत्सव : तरुलबाट बनाइएको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन् भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ।

images
images

झापा- माघे सङ्क्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ।

images
images
images

मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छभने तीन दिनमा ५० लाख रुपैयाँबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ।

images
images

भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुवै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने बताउँछन्।

images
images
images

महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन् भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ।

सिमल तरुल, घर तरुल, वन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ। त्यस्ता प्रदर्शनी कक्षमा ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय ग्रिन जेनेरेसनका महासचिव मञ्जिल देवानले बताए।

बाहुनडाँगीको हात्तीमैत्री किसान समूहले उत्पादन गरेको बेल्चनाको चाना, कोदोको पिठो, तामाको मेसु, मोरिङ्गाको पिठो, किम्बुको वाइन, रातो केराको बिरुवा, मरिच, सुपारी र तेजपत्ताको बिरुवा महोत्सवमा छुट्टै स्टलमा राखिएको समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए। 

ओखलढुङ्गाको कुसुम राडीपाखी उद्योगले भेडाको ऊनबाट बनेका तीन हजार पाँच सयदेखि नौ हजार पाँच सयसम्म मूल्य पर्ने विभिन्न आकारका राडी बिक्रीका लागि महोत्सवमा ल्याएको उद्योगका सञ्चालक भक्तबहादुर गुरुङले जानकारी दिए। उनले विगतको पहिलो र दोस्रो तरुल महोत्सवमा समेत सामान ल्याएर उल्लेख्य व्यापार गरेको बताए।

मेचीनगरको साँवा भेराइटिजले आदिवासी जनजातिको सांस्कृतिक पहिचानसँग जोडिएका दुर्लभ बिनायो, चिन्डोलगायत सामान महोत्सवमा राखेको छ। राई जातिको लोगो, चिन्डो र बाँसको बिनायो एक हजार मूल्यमा बिक्री भइरहेको प्रोपाइटर नन्दमाया लिम्बूले बताइन्।

हिमालयन महिला साझेदारी अचार तथा खाद्यान्न उद्योगले मेचीनगर-२ मा उत्पादित १३ प्रकारका अचार स्टलमा राखेको सञ्चालक लीला रिजाल खड्काले जानकारी दिइन्। रासस


प्रकाशित : मंगलबार, माघ १ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend