मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

निर्माणाधीन संसद्‌ भवनको ८४ प्रतिशत भौतिक प्रगति, २५ प्रतिशत सजावट

images
सोमबार, पुस २९ २०८१
images
निर्माणाधीन संसद्‌ भवनको ८४ प्रतिशत भौतिक प्रगति, २५ प्रतिशत सजावट

हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ। भवनमा एक हजार तीनसय ५१ वटा कोठा छन् जहाँ संघीय संसद्का दुवै सदनका बैठक हुनेछन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेका छन्। उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे।

images
images
images

त्यस अवसरमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पाँच अर्ब ६७ करोड २७ लाख रूपैयाँको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिए। संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उनले बताए।

images
images

भवनको आन्तरिक साजसज्जाका लागि दुई अर्ब ३४ करोड ५४ लाख रूपैयाँमा सम्झौता भएको छ। हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ।

images
images

भवनमा एक हजार तीनसय ५१ वटा कोठा छन् जहाँ संघीय संसद्का दुवै सदनका बैठक हुनेछन्। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend