बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

images
सोमबार, पुस २९ २०८१
images
images
विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सचिवहरूको सरुवा र प्रहरी अधिकृतहरूको बढुवालगायतका निर्णयहरू पनि भएका छन्।

images
images

काठमाडौं- सरकारले विभिन्न ५ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले ती अध्यादेश जारी गर्न सिफारिस गरेको हो। 

images
images
images

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१, सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको आध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

images
images

सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। 

images
images
images

यस्तै समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता गुरूङले बताए।

यस्तै नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ।

सचिवहरूको सरुवा र प्रहरी अधिकृतहरूको बढुवालगायतका निर्णयहरू पनि भएका छन्।

cabinet-poush-26 1.jpg
cabinet-poush-26-2.jpg
cabinet-poush-26-3.jpg


प्रकाशित : सोमबार, पुस २९ २०८११६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend