काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडको २३औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट २०८१ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको बैंकले जनाएको छ।
यसैगरी वार्षिक साधारणसभामार्फत सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ। यसअन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थसमेत) तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकहरुमा सकरात्मक परिवर्तन देखिएको बैंकले जनाएको छ। बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड पुगेको छ।
यस्तै आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रतिसेयर आम्दानी १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको बैंकले जनाएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे।