बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

दुग्ध उत्पादक किसानलाई कर्णाली सरकारले उपलब्ध गरायो एक करोड प्रोत्साहन रकम

images
सोमबार, पुस २९ २०८१
images
images
दुग्ध उत्पादक किसानलाई कर्णाली सरकारले उपलब्ध गरायो एक करोड प्रोत्साहन रकम
फाइल तस्बिर

प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ।

images
images

सुर्खेत- तीन हजारभन्दा बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि एक करोड २३ हजार रूपैयाँ उपलब्ध गराएको छ। प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ।

images
images
images

गत आर्थिक वर्ष २०८०/८१ कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको थियो। गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार चारसय २९ लिटर दूध उत्पादत भएको थियो।

images
images

मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ देखि कर्णालीका दूध उत्पादक किसानलाई उत्पादका आधारमा प्रोत्साहन रकम दिने निर्णय गरेअनुसार रकम वितरण हुँदै आएको छ। कर्णालीका दश जिल्लामा दुई प्रकारका मापदण्ड बनाएर अनुदान दिइँदै आएको छ। साविकको कर्णालीका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर १० रूपैयाँ उपलब्ध हुने गरेको छ।

images
images
images

त्यस्तै साविकको भेरीका जाजरकोट, दैलेख, सुर्खेत र राप्तीका रूकुम पश्चिम, सल्यान किसानलाई प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान रकम दिने मापदण्ड बनाइएको छ। सबैभन्दा बढी प्रोत्साहनबापत पाउनेमा सुर्खेत रहेको छ। सुर्खेतमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार आठसय ७५ लिटर दूधबापतको ४९ लाख २९ हजार रूपैयाँ अनुदान उपलब्ध गराएको छ ।

यस्तै, सल्यानका ६ सय ६१ किसानलाई प्रोत्साहनबापत तेह्र लाख ३४ हजार चारसय ८० रूपैयाँ प्रदान गरिएको छ। गत वर्ष सल्यानमा दुई लाख ६६ हजार आठ सय ९५ लिटर दूध उत्पादन भएको थियो। रूकुम पश्चिमका चार सय ७७ जना किसानले उत्पादन गरेको तीन लाख दुई हजार एकसय ८७ लिटर दूधबापत १५ लाख रूपैयाँ वितरण गरिएको छ।

जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार प्रदान गरिएको छ। जाजरकोटमा गत वर्ष ८४ हजार ४ सय ६ लिटर दूध उत्पादन भएको थियो। दैलेखमा दुई लाख १० हजार पाँचसय ३० लिटर दूध उत्पादन गर्ने चार सय ३४ जना किसानलाई अनुदानबापत दश लाख ५३ हजार रूपैयाँ प्रदान गरिएको छ।

कालीकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने एकसय चारजना किसानलाई सात लाख अनुदान पाएका छन्। हुम्लाका आठ जना किसानलाई आठ हजार पाँच सय ३६ लिटर दूधबापत ८५ हजार प्रदान गरिएको छ। मुगु र डोल्पामा अनुदान दिन रू सात लाख विनियोजन गरिएको भए पनि यी जिल्लामा उत्पादन भएको दूधबारे जानकारी नआएको पशुपक्षी विकास निर्देशनायका कार्यालय प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिए। यी दुई जिल्लामा दूध डेरी तथा सहकारीले दूध बिक्री गरेको नपाइएपछि त्यहाँको विवरण नआएको उनले बताए।

जुम्लामा दूध डेरी भए पनि किसानलाई रकम उपलब्ध गराउँदा आर्थिक हिनामिना हुने अवस्था आएपछि रकम वितरण नगरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढा थापाले जानकारी दिए। चालु आर्थिक वर्षमा यही शीर्षकमा प्रदेश सरकारले एक करोड २७ लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको उनले बताए।

कर्णाली प्रदेशभर वार्षिक गत आर्थिक वर्ष २०८०/८१ मा ७१ हजार दुईसय १७ मेट्रिकटन दूध उत्पादन भएको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार दुई लाख १७ हजार पाँचसय ९७ दहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकअनुसार प्रदेशभर ६ लाख एक हजार पाँचसय १० गाई रहेकामा एक लाख १० हजार दुईसय २८ गाई दुहुना रहेका थिए। यस्तै, भैँसी र राँगाको सङ्ख्या दुई लाख ९५ हजार दुईसय ५२ रहँदा एक लाख सात हजार तीनसय ६९ भैँसी दुहुना रहेको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा गाईको दूध उत्पादन २४ हजार सातसय ६० मेट्रिकटन र भैँसीको दूध उत्पादन ४६ हजार पाँचसय ५७ मेट्रिकटन गरी जम्मा ७१ हजार दुईसय १७ मेट्रिकटन दूध उत्पादन भएको छ। कर्णालीमा एक सय ८० मेट्रिकटन दूध आयात गर्दा एक करोड ३७ लाख रूपैयाँ बाहिरिएको छ।

कर्णालीमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट दूध आयात हुने गरेको छ। कर्णाली प्रदेशबाट ६ हजार चारसय १५ मेट्रिकटन दूध निर्यात गरेर ४२ करोड ९२ लाख ५० हजार रूपैयाँ निर्यात भएको छ। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८१११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend