बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

क्याथे प्यासिफिकको खानाका कारण 'फुड पोइजनिङ' भएको घटनाबारे विभागले थाल्यो छानबिन

images
सोमबार, पुस २९ २०८१
images
images
क्याथे प्यासिफिकको खानाका कारण 'फुड पोइजनिङ' भएको घटनाबारे विभागले थाल्यो छानबिन

खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानसम्बन्धी बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो।

images
images

काठमाडौं- हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई 'फुड पोइजनिङ' भएको घटनाबारे छानबिन गर्न नेपालका तर्फबाट समिति गठन गरिएको छ। 

images
images
images

क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौंबाट हङकङका लागि जनवरी ८ र ९ मा उडान भरेका १८ यात्रुलाई 'फुड पोइजनिङ' भएको थियो। 

images
images

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा आइतबार चार सदस्यीय समिति गठन गरिएको हो। घटनाबारे इन्फोसानको सचिवालयले चासो राख्दै इमेल पठाएपछि विभागले अनुसन्धान थालेको हो। 

images
images
images

उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो। हङकङको ध्जवाबाहक कम्पनी क्याथे प्यासिफक एयरलाइन्सले विज्ञप्ति जारी गरेर माफीसमेत मागिसकेको छ। 

खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानसम्बन्धी बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो। 

'विश्व  खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरुको अन्तराष्ट्रिय संजाल 'इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क' सञ्चालनमा रहेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा कार्य गरिरहेको छ' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विज्ञप्तीमार्फत भनेको छ। 

'विमानस्थल परिसरभित्र सञ्चालन गर्ने खाद्य व्यवसाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकले यात्रुहरुको लागि उपलब्ध गराइने खाद्य पदार्थको स्वच्छता र गुणस्तरीयता सुनिश्चितता गरी सेवा प्रदान गर्न गराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ' विभागले भनेको छ।


प्रकाशित : सोमबार, पुस २९ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend