आइतबार, मंसिर ९ गते २०८१    
images
images

जनगणना २०७८ : थाहा पाउनुहोस् ११ नयाँ तथ्य

images
बुधबार, माघ १२ २०७८
images
images
जनगणना २०७८ :  थाहा पाउनुहोस् ११ नयाँ तथ्य

थाहा पाउनुहोस् आज सार्वजनिक भएका ११ नयाँ तथ्य

images
images

काठमाडौं- मंसिर १० देखि २५ सम्म सञ्चालित राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। 

images
images
images

केन्द्रीय तथ्यांक विभागले आज तथ्यांक सार्वजनिक गरेको हो। जनगणनाको विस्तृत विवरण भने पछि सार्वजनिक हुने छ। 

images

थाहा पाउनुहोस् आज सार्वजनिक भएका ११ नयाँ तथ्य

images
janagadana data.jpg

१) आठ दशककै न्यून वार्षिक वृद्धिदर

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ। जुन दश वर्षअघि २०६८ सालको जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो।

यसरी दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको छ। विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिन्छ। जुन अघिल्लो जनगणनामा १.३५५ रहेको थियो। यो देशको वृद्धिदर पछिल्लो आठ दशककै न्यून वृद्धिदर हो। 

२) प्रतिसय महिलामा पुरुष बढे 

कुजनसङ्ख्यामा १,४२,९१,३११ जना पुरुष ४८.९६ प्रतिशत र १,४९,०१,१६९ जना महिला ५१.५ प्रतिशत रहेको छ। दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५५५१.५५ थियो।

हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात प्रति १०० महिलामा पुरुषको संख्या ९५.९१ रहेको छ जुन गत जनगणनामा ९४.१६ रहेको थियो। 

३) दश वर्षमा १३ लाख परिवार थपिए

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७,६१,०५९ रहेको छ र ती परिवारहरु जम्मा ५६,४३,९४५ वटा घरमा बसेका देखिएको छ अर्थात अर्थात १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ।

हालको परिवार संख्या दश वर्ष अघिकोभन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा जम्मा १३,३३,७५७ वटा परिवार थप भएका छन्। 

४) परिवारको आकार घट्दै

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रति परिवार ४.३२ जना सदस्य छन्। २०६८ मा ४.८८ जना थियो। सहरी क्षेत्रको परिवारमा ४.२५ जना छन् भने ग्रामीणमा ४.५५ जना रहेका छन्। 

प्रदेशगत रुपमा  परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम ३.६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ५.६६ जना रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना रहेको थियो। जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा ३.४१ जना सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना  छन्। 

५) पहाडको घट्यो, तराईमा बढ्यो

भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ। २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ।

हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको छ। त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ। 

६) मधेस प्रदेशमा धेरै, कर्णालीमा थोरै 

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१,२६,२८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६,९४,८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९ प्रतिशत  र ५.८१५ छ। लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा  र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ।  

वार्षिक जनसंख्या वृद्धिदर  ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५  प्रतिशत  प्रतिवर्ष र सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि कायम भएको छ। दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२ प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.०५ प्रतिशत भन्दा न्यून छ। 

७) पहाडका २२ जिल्लाको जखसंख्या वृद्धि ऋणात्मक

प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २०,१७,५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६४५ जनाको अक्सर बसोवास रहेको छ। मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन्। जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम अनुपात प्यूठान जिल्लाको छ। 

हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणना अनुसार २७ वटामा थियो। यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाम जिल्लामा -१.६५ रहेको छ। हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी १.८ वार्षिक जनसंख्या वृद्धिदर देखिन्छ।

८) ६२ प्रतिशत नेपाली सहरमा 

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामिण क्षेत्र मान्दा २०७८ सालको कुल जनसंख्यामा शहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामिण जनसंख्या ३३.९२ प्रतिशतमा झरेको छ।

संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामिण जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो। राष्ट्रिय जनगणना २०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसंख्याको १७.०७ प्रतिशत सहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामिण जनसंख्या रहेको थियो । 

९) स्थानीय तह अनुसारको जनसंख्या वितरण 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिक, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका पर्दछन्।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ। २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ। 

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसख्या बैजनाथ गाउँपालिकामा ७०,३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्फाभूिममा गाउँपालिकामा ४४२ जना रहेको छ। १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ। 

१०) जनघनत्व

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि  पुगेको छ, जुन २०६८ सालमा १८० जना मात्र थियो। भौगोलिक क्षेत्रअनुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५,१०८ जना प्रति वर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ। जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन्। त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रति वर्ग किमिभन्दा कम रहेको छ। तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर ९१६६ जना र पहाडमा रुकुम पूर्व ९३५ जना पर्दछन्। 

११) २१ लाख नेपाली विदेशमा

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिन्छन् जसमध्ये १७,६३,३१५ पुरूष ८१.२८ र ४,०६,१०३ महिला १८.७२ रहेका छन्। दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोवास गर्नेहरू सङ्ख्या १९,२१,४९४ थियो, जसमध्ये पुरूष १६,८४,०२९ (८७.६४) र महिला २,३७,४०० (१२.३६) थिए । 

जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन्। सबैभन्दा बढी विदेश अनुपस्थित भएका ५ जिल्लाहरुमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश अनुपस्थित हुने ५ जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन्। 


प्रकाशित : बुधबार, माघ १२ २०७८०६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend