बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

हाडेभिर र खारा जोड्न झोलुंगे पुल निर्माण

images
आइतबार, पुस २८ २०८१
images
images
हाडेभिर र खारा जोड्न झोलुंगे पुल निर्माण
फाइल तस्बिर

पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुंगे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ।

images
images

म्याग्दी- म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुंगे पुल निर्माण भएको छ।

images
images
images

धवलागिरि-७ हाडेभिर र मालिका-७ खारा जोड्ने म्याग्दी नदीमाथि एकसय एक मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। ५७ लाख ८६ हजार चारसय ८८ रूपैयाँको लागतमा पुल निर्माण भएको धवलागिरि-७ का वडासदस्य रामबहादुर खत्रीले बताए।

images
images

पुल निर्माण भएपछि दुई घण्टाको घुमाउँरो बाटो १५ मिनेटमा छोटिएको छ। पुलबाट धारापानी, खारा, बिम, इल्पुका एकसय ७४ घरका एक हजार दुईसय ३३ जनसङ्ख्या लाभान्वित भएका छन्।

images
images
images

पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुंगे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ। रासस


प्रकाशित : आइतबार, पुस २८ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend