काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४८ वर्षीया शिवा न्यौपाने र मोरङ घर भइ ललितपुरको सुनाकोठी बस्ने ४७ वर्षीया भूमिका देवान रहेका छन्।
पक्राउमध्ये शिवाले पोर्चुगल पठाइदिन्छु भन्दै पीडितबाट ६ लाख रूपैयाँ र भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिइ ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।
शिवालाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने भूमिकालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।