शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

आर्थिक विकासका लागि अध्यादेशमार्फत कानून संशोधन गरिएको गृहमन्त्रीको दाबी

images
शनिबार, पुस २७ २०८१
images
images
आर्थिक विकासका लागि अध्यादेशमार्फत कानून संशोधन गरिएको गृहमन्त्रीको दाबी

'सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ', उनले भने।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गरेको बताएका छन्।

images
images
images

आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे।

images
images

'सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ', उनले भने। 

images
images
images

मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए। 'सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानून संशोधन गरिएको छ', उनले भने।

उक्त अध्यादेशले आईटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो। रासस


प्रकाशित : शनिबार, पुस २७ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend