शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

मन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, श्रम सम्झौताका विविध पक्षबारे छलफल

images
बिहीबार , पुस २५ २०८१
images
images
मन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, श्रम सम्झौताका विविध पक्षबारे छलफल

आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे।

images
images

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन्।

images
images
images

आज मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिए।

images

उक्त भेटवार्तामा ईपीएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो।

images
images
images

त्यसैगरी ईपीएिस उत्तीर्ण भइ रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, सीप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढंगबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ। 

मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गरेका थिए। राजदूत योङले नेपाली कामदारहरुको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताए।

आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : बिहीबार , पुस २५ २०८११८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend