बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

कोशी सरकारको योजना : तयारी नपुगेको भन्दै लगानी भित्र्याउने सम्मेलन नयाँ वर्षसम्म सारियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २५ २०८१
images
images
कोशी सरकारको योजना : तयारी नपुगेको भन्दै लगानी भित्र्याउने सम्मेलन नयाँ वर्षसम्म सारियो

सरकारले तयारी गरेअनुसारको लगानी सुनिश्चितता नभएको बुझिएको छ। थप लगानीकर्ताको खोजीको लागि आन्तरिक तयारीमा लाग्न केही समय आवश्यक भएकाले सरकारले धेरै समय लिएको हो।

images
images

इटहरी- कोशी प्रदेश सरकारले तयारी नपुगेको भन्दै लगानी सम्मेलनको मिति सारेको छ। उद्योग संगठन मोरङको एक्स्पोसँगै सम्मेलन गर्न लागेको भन्दै विरोध भएपछि पछि हटेको सरकारले आउँदो बैशाखको मिति तय गरेको हो।

images
images
images

चिसो मौसममा पनि दिउँसो तातो हुने विराटनगरमा सरकारले सम्मेलनको लागि गर्मी मौसम तय गरेको छ। बिहीबार बसेको कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले बैशाख १८ र १९ गते सम्मेलन गर्ने निर्णय गरेको छ।

images
images

प्रदेशस्तरमा पहिलोपटक हुन लागेको सम्मेलनको तयारीमा समय लाग्ने भएको भन्दै मिति सार्ने अवस्थामा सरकार पुगेको छ। माघ ११, १२ र १३ गते सम्मेलन सम्भव नभएको निर्देशक समितिका संयोजक तथा आर्थिक मामिलामन्त्री रामबहादुर रानाको रिपोर्टिङका आधारमा सरकारले निर्णय गरेको हो।  

images
images
images

आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीका अनुसार परियोजनाहरूको सोकेसिङ, कानूनको संशोधन र खरिद प्रक्रियामार्फत काम गर्नका लागि समय अभाव भएको हो। कतिपय कानून र नीति संशोधनका लागि केन्द्रीय सरकारको समेत सहयोग चाहिने भएकाले सम्मेलनको मिति धकेलिएको उनले बताए। 

कोशी प्रदेश सरकारले १ खर्ब ४ अर्बको लगानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको छ। सरकारले तयारी गरेअनुसारको लगानी सुनिश्चितता नभएको बुझिएको छ। थप लगानीकर्ताको खोजीको लागि आन्तरिक तयारीमा लाग्न केही समय आवश्यक भएकाले सरकारले धेरै समय लिएको हो। 

मन्त्री भण्डारीले पनि अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हदसम्म पूरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने स्पष्ट पारेका छन्।

कोशी लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले सरकारको निर्णयअनुसार नै काम हुने बताए। गर्मी मौसमले केही समस्या भए पनि व्यवस्थित हलमा हुने कार्यक्रम भएकाले खासै प्रभाव नपर्ने उनको भनाइ छ।  


प्रकाशित : बिहीबार , पुस २५ २०८११७:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend