काठमाडौं- राजस्व अनुसन्धान विभागले भेप गोदाममा छापा मारेर झण्डै पाँचसय कार्टुन भेप बरामद गरेको छ।
विभागले आफ्नै प्रयासबाट गएको मंगलबार भेप बरामद गरी अनुसन्धान थालेको विभागका महानिर्देशक चण्डीराज घिमिरेले जानकारी दिए। ललितपुरको इमाडोलबाट भेप बरामद गरी अहिले अनुसन्धान गरिरहेको उनको भनाइ छ।
योसँगै विभागले यसबाट थप अन्य विषयलाई समेत हेरेर अध्ययन गरिरहेको जनाएको छ। स्थलमार्ग हुँदै भेप नेपाल प्रवेश गरेको विभागको प्रारम्भिक बुझाइ छ।