शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण अघि बढाउन बाटो खुल्यो, रूख कटानका लागि निकुञ्जसँग सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २५ २०८१
images
images
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण अघि बढाउन बाटो खुल्यो, रूख कटानका लागि निकुञ्जसँग सम्झौता

सुक्खा बन्दरगाहमा दुई वटा गोदाम, भन्सार चेक, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ।

images
images

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ ।

images
images
images

बन्दरगाह निर्माणस्थलमा भएका रूख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि बन्दरगाह निर्माणको बाटो खुलेको हो।

images
images

एकीकृत जाँचचौकी निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२ दशमलव ३६ हेक्टर जग्गा प्रयोग गर्न र उक्त जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार सात सय दुई वटा रूख र खम्बा हटाउन स्वीकृतिका लागि विभाग र समितिबीच सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

images
images
images

'रूख कटानका लागि विभाग र समितिबीच सम्झौता भएको छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले एकीकृत जाँचचौकी निर्माणस्थलमा भएको रूखको छपान मूल्यांकन गरी विभागमा पठाउनेछ र विभागबाट प्रमाणित भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट रूख कटानको आदेश उपलब्ध गराउनुपर्ने हुन्छ', कार्यकारी निर्देशक गजुरेलले भने, 'आदेश प्राप्त भएपछि समितिले प्रचलित कानुनअनुसार आफ्नै खर्चमा रूख कटानलगायत काम गर्नेछ।'

उनले समिति रूख कटानको आदेशको पर्खाइमा रहेको र रूख कटानको आदेश प्राप्त हुनासाथ तत्काल काम सुरू गर्ने बताए।

निर्देशक गजुरेलका अनुसार भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने एकीकृत जाँच चौकीका लागि नेपाल सरकार र भारत सरकारबीच गत २०२३ को जुन १ मा समझदारी भएको थियो।  

एकीकृत जाँच चौकीका लागि प्रयोग हुने क्षेत्रफलको सट्टाभर्नास्वरूप १४ करोड ८२ लाख ६० हजार रुपैयाँ समितिबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरिएको थियो। समितिबाट रूख कटानलगायत साइट क्लियरेन्सको कार्य सम्पन्न भएपछि भारतीय पक्षबाट एकीकृत जाँच चौकी निर्माणको कार्य सुरू हुने समितिका कार्यकारी निर्देशकले गजुरेलले जानकारी दिए।

आयोजनाको कुल लागत पाँच अर्ब ७६ करोड रहेको छ। 'यहाँ संरचना निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेण्डर तयारी गरिसकेकोे छ', कार्यकारी अधिकृत गजुरेलले भने, 'हामीले निर्माणस्थलमा रूख कटान कार्य सम्पन्न भएपछि टेण्डर प्रकाशित हुने जानकारी भारतीय पक्षबाट आएको छ।' 

सुक्खा बन्दरगाहमा दुई वटा गोदाम, भन्सार चेक, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , पुस २५ २०८१११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend