सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २५ २०८१
images
images
पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ।

images
images

गण्डकी- पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत ९ वटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन्।

images
images

टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए।

images
images

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ।

images
images

उनका अनुुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपक्षी गणना गरिएको थियो। 

गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपक्षी फेला परेका छन्। त्यस्तै बेगनास तालमा १४ प्रजातिका एक सय ५८, रुपा तालमा २६ प्रजातिका तीन सय ६४, गुँदे तालमा १३ प्रजातिका तीन सय एक, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका एक सय ८९, दिपाङमा १३ प्रजातिका दुई सय १७, मैदीमा १० प्रजातिका एक सय २१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी भेटिएका छन्।

गणनाका क्रममा फेवा र दिपाङग तालमा चराको संख्या केही वृद्धि भएको, रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको छ।

सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चरा विज्ञ झलक चौधरीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , पुस २५ २०८१११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend