शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हेटौँडा औद्योगिक क्षेत्रमा थपिए कर्कट पाता र टिनका बक्स बनाउने दुई उद्योग, उद्योगको संख्या पुग्यो १ सय ४६

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २५ २०८१
images
images
हेटौँडा औद्योगिक क्षेत्रमा थपिए कर्कट पाता र टिनका बक्स बनाउने दुई उद्योग, उद्योगको संख्या पुग्यो १ सय ४६

अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रभित्र हाल १ सय ४६ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्।

images
images

काठमाडौं- मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ। योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या १ सय ४६ पुगेको ओद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। 

images
images
images

पछिल्लो पटक थ्री-स्टार ग्रुपले रंगिन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बक्स उत्पादन गर्न सुरू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए। उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका ११ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ। अधिकांश उद्योगहरू निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ। 

images
images

यस्तै हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन वटा उद्योगमाथि कारबाही अघि बढाएको छ।

images
images
images

विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालि माथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाइएको हो। 

विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगिता कुँवरले बताइन्। 

अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रभित्र हाल १ सय ४६ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। 

कुल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन्।

यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतको कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए। 

कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमीन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ। औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ। 


प्रकाशित : बिहीबार , पुस २५ २०८११०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend