शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मूलपानी र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

images
बुधबार, पुस २४ २०८१
images
images
मूलपानी र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

समितिको आजको बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति व्यवस्थापनलगायत पूर्वतयारीका काम पूरा गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।

images
images

काठमाडौं- संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

images
images
images

समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो। मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणमा विलम्ब भएको स्पष्टीकरण दिएका थिए।

images
images

समिति सभापति सोनाम गेल्जेन शेर्पाले मुलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने र वातावरणीय प्रभाव मूल्यांकन चाँडो टुंग्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए।

images
images
images

समितिको आजको बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति व्यवस्थापनलगायत पूर्वतयारीका काम पूरा गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। रासस


प्रकाशित : बुधबार, पुस २४ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend