नवलपरासी- बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन्।
हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। आज बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए। बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए। रासस