बिहीबार , पुस २५ गते २०८१    
बिहीबार , पुस २५ २०८१
images
images

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

images
मंगलबार, पुस २३ २०८१
images
images
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ।

images
images
images

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो।

images

घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलोपटक हिउँ परेको बताए। 'दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,' उनले भने, 'ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ।'

images
images

हिमपातपछि चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ। स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन्।

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ। करिब तीन महिनापछि वर्षा भएको हो। हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन्। रासस


प्रकाशित : मंगलबार, पुस २३ २०८११७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend