शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सर्टमा टाँक लगाएर मासिक ७० हजार कमाइ

images
मंगलबार, पुस २३ २०८१
images
images
सर्टमा टाँक लगाएर मासिक ७० हजार कमाइ

दश वर्ष मलेसियामा बसेर फर्किएका उनले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन्।

images
images

झापा- सर्टमा टाँक लगाएर मासिक ७० हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ। तर मेचीनगर नगरपालिका-११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन्।

images
images
images

दश वर्ष मलेसियामा बसेर फर्किएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन्।

images
images

उनले तीन वर्षअघि पाँच लाख रूपैयाँ लगानीमा मेचीनगर-१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ। गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए।

images
images
images

'सीप र पुँजी छ भने मान्छे भोकले मर्दैन', उनी भन्छन्, 'आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ।'

उनले पाँच जनालाई रोजगारी प्रदान गरेको बताए। हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उनले बताए। स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उनको भनाइ छ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उनको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिए।

नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ। रासस


प्रकाशित : मंगलबार, पुस २३ २०८११४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend