शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

images
मंगलबार, पुस २३ २०८१
images
images
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

थुलुङ दूधकोशी-७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

images
images

सोलुखुम्बु- आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ। थुलुङ दूधकोशी-७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

images
images
images

खुम्बु पासाङल्हामु गाउँपालिका-५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। क्षतिबारे यकिन विवरण आउन बाँकी छ।

images
images

भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए। रासस

images
images
images


प्रकाशित : मंगलबार, पुस २३ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend