शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २३ २०८१
images
images
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ।

images
images

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ।

images
images
images

नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा ६९ हजार रुपैयाँका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो।

images
images

प्रविधिमैत्री कृषि प्रणाली लागु गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

images
images
images

'हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ। घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्', उनले भने, 'खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन्। बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो।'

नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ सल्लेमा एक तथा वडा नं ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ।

गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (४१ हजार चार सय रुपैयाँ)मा  ट्रयाक्टर पाएपछि हर्षित भएका छन्। 

कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ।

धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो। रासस


प्रकाशित : मंगलबार, पुस २३ २०८११०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend