शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारमा निस्कियो नेपाली सेनाको टोली

images
आइतबार, पुस २१ २०८१
images
images
नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारमा निस्कियो नेपाली सेनाको टोली

गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो।

images
images

गोरखा- नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा-काठमाडौं पदयात्रामा निस्किएको छ। 

images
images
images

गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए।

images
images

गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो। 'एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुनेछ', प्रमुख क्षेत्रीले भने, 'इतिहासको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि पदयात्रा कार्यक्रमको आयोजना गरिएको हो।'  

images
images
images

दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र लाइट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको प्रमुख सेनानी क्षेत्रीले बताए। पृथ्वीनारायण शाहले खडा गरेको तत्कालीन नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सुवज गणको झण्डासमेत बोकेर सेनाले बोकेको छ।

सेनाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा एकीकरण पदयात्राको थालनी गरेको हो। गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र लाइट हस्तान्तरण गर्नेछ।

त्यस्तै नुवाकोटको सेनाको टोलीले गोरखाबाट लगिएको झण्डा र लाइट काठमाडौंको सेनाको टोलीलाई हस्तान्तरण गर्ने उनले बताए। वर्तमान नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले गएको छ वर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै प्रचारप्रसारका लागि पदयात्रा गर्दै आएको छ।

पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेना पश्चिम पृतनापति एवं उपरथी मधुकर सिं कार्की, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकलगायतले एक कार्यक्रमकाबीच बिदाइ गरेका छन्। रासस


प्रकाशित : आइतबार, पुस २१ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend