शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

भारतले नेपालका लागि २ लाख टन गहुँ निर्यातको अनुमति दियो

images
आइतबार, पुस २१ २०८१
images
images
भारतले नेपालका लागि २ लाख टन गहुँ निर्यातको अनुमति दियो

भारत सरकारले नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडको माध्यमबाट नेपालले यो गहुँ प्राप्त गर्ने छ।

images
images

काठमाडौं- भारत सरकारले नेपाललाई २ लाख टन गहुँ दिने भएको छ। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपाल सरकारको अनुरोधमा २ लाख टन निर्यात गर्न अनुमति दिने भएको हो।

images
images
images

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारत सरकारले निर्यातको संस्थागत व्यवस्थासहित अनुमति दिएको उल्लेख गरेका छन्। 

images
images

भारत सरकारले नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडको माध्यमबाट नेपालले यो गहुँ प्राप्त गर्ने छ। 

images
images
images

नेपाल सरकारले पाएको यो कोटाको गहुँ आयातका लागि नेपालका व्यवसायीलाई सरकारले छनौट गर्नेछ। छनौट भएका व्यवसायीले तोकिएको संस्थाबाट गहुँ आयात गर्न पाउने छन्। 

आफ्नो उत्पादन अपुग हुने भएकाले नेपाल गहुँमा भारतसँग निर्भर हुँदै आएको छ। यद्यपि पछिल्लो समय भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारी तहबाट सीमित कोटा पाउँदै आएको छ। 


प्रकाशित : आइतबार, पुस २१ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend