बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

आँधीखोलामा तटबन्ध निर्माण

images
शनिबार, पुस २० २०८१
images
images
आँधीखोलामा तटबन्ध निर्माण

गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो।

images
images

स्याङ्जा- नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ। गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो।

images
images
images

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए।

images
images

धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो। सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए। आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ बैशाखमा सम्पन्न गर्ने लक्ष्य छ। रासस

images
images
images


प्रकाशित : शनिबार, पुस २० २०८११२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend