शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख कर तिर्नुपर्ने

images
शनिबार, पुस २० २०८१
images
images
तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख कर तिर्नुपर्ने

अब उपमहानगरपालिकाले आफै टिकट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उनले बताए। यसअघि आयोजकले आफै टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो।

images
images

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले २५ लाख रूपैयाँ सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ। शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए।

images
images
images

साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए। 'यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो हुने अवस्था थियो थियो', उनले भने, 'तर, अहिले २५ लाख रूपैयाँसहित मनोरञ्जन कर उठाउँदा ३० लाख रूपैयाँभन्दा बढी हुने भयो, यसले नगरमा कर बढ्ने भयो।'

images
images

यसअघि महोत्सवको अनुमति दिए पनि ठेकेदारहरू आएर बिचौलियाको काम गर्ने र आम्दानीको पाँच प्रतिशत नगरलाई दिनुपर्ने व्यवस्था भए पनि एक रूपैयाँ पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुँने उनको भनाइ थियो। अब उपमहानगरपालिकाले आफै टिकट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उनले बताए। यसअघि आयोजकले आफै टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो।

images
images
images

यस्तै यसवर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ। तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरको हो।

यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको प्रमुख खड्काले बताए। 'एउटा व्यवसायको संंस्थाले एक पटक महोत्सव लगाएमा तीन वर्षसम्म लगाउन नपाउने कार्यविधि छ', उनले भने, 'सोहीबमोजिम हामीले यसवर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासंघलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यहीअनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो।'

उद्योग वाणिज्य संघका प्रतिनिधिले बोलपत्रमार्फत महोत्सव लगाउनुपर्ने माग राखेको भए पनि सबैलाई पालो दिएर त्यसपछि बोलपत्र गर्न सकिने नगर प्रमुख खड्काको भनाइ छ। रासस


प्रकाशित : शनिबार, पुस २० २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend