शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

१५ अर्बको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १९ २०८१
images
images
१५ अर्बको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

२०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो।

images
images

काठमाडौं- सम्राट सिमेन्ट प्रालिले १५ अर्ब रुपैयाँबराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

images
images
images

एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टबीच परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) भएको हो। समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुंगटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरे।

images
images

लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धिपछि बोर्डमार्फत अघि बढ्नेछ।

images
images
images

'सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो। ६ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो', उनले भने, 'परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयू भएको छ। अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन्।'

यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो।


प्रकाशित : शुक्रबार, पुस १९ २०८११७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend