आइतबार, पुस २१ गते २०८१    
आइतबार, पुस २१ २०८१
images
images

अंग्रेजी नयाँ वर्षले चलायमान भयो वीरगञ्ज, कारोबार बढ्दा खुसी छन् व्यवसायी

images
बिहीबार , पुस १८ २०८१
images
images
अंग्रेजी नयाँ वर्षले चलायमान भयो वीरगञ्ज, कारोबार बढ्दा खुसी छन् व्यवसायी

समूह-समूहमा वनभोज गरेर 'घुमौँ मधेश-बुझौँ प्रदेश' भन्ने नाराका साथ पर्यटकहरूले रमाइलो गरेको मधेश प्रदेशमा सुरु भएको पर्यटन अभियानका अभियन्ता मोहन शर्माले बताए।

images
images

पर्सा- अंग्रेजी नयाँ वर्षका कारण वीरगञ्जलगायत बारा-पर्सामा व्यापार व्यवसाय बढेको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। कमजोर भइरहेको व्यवसायमा नयाँ वर्ष मनाउने आन्तरिक तथा बाह्य पर्यटकका कारण कारोबार चलायमान भएको व्यवसायीले बताएका छन्। 

images
images
images

अंग्रेजी नयाँ वर्षमा बारा तथा पर्साका विभिन्न पिकनिक स्पट तथा वन क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरीभराउ रह्यो। यी पर्यटकले मदिरा तथा मासुमा ठूलो रकम खर्च गरे। समूह-समूहमा वनभोज गरेर 'घुमौँ मधेश-बुझौँ प्रदेश' भन्ने नाराका साथ पर्यटकहरूले रमाइलो गरेको मधेश प्रदेशमा सुरु भएको पर्यटन अभियानका अभियन्ता मोहन शर्माले बताए। नयाँ वर्ष मनाउन ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आएको उनले जानकारी दिए।

images

‘नयाँ वर्षमा घुमफिर गर्न आएका पर्यटकले गरेको खर्चबाट यहाँका व्यपार व्यवसायमा टेवा पुगेको छ,’ उनले भने, ‘व्यापार सुस्ताएपछि आर्थिक समस्याबाट जुझिरहेका व्यवसायीका लागि ‘जनवरी २०२५’ फलदायी सावित भएको छ।’ यसले यहाँका होटल तथा पर्यटन व्यवसायीलाई पनि राम्रो फाइदा पुगेको उनले विश्वास व्यक्त गरे। 

images
images

सरदरमा नयाँ वर्षको अवसरमा एक दिनमै ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको व्यवसायीहरूको अनुमान छ। होटलमा बास बसेका पर्यटकको समेत सरदर औषत हिसाब गर्ने हो भने अंग्रेजी नयाँ वर्षको अवसरमा एक अर्ब रुपैयाँ हाराहारीमा कारोबार भएको व्यवसायी बताउँछन्। 

birbhoj.jpg
वनभोजमा रमाइरहेका पर्यटक।

भारतीय पर्यटक नयाँ वर्ष मनाउन नेपाल आउँदा कम्तिमा तीन दिनसम्म उनीहरूको बसाइ हुने गरेको पर्यटन अभियानका अभियन्ता मोहन शर्माले बताए।

शर्माको आँकलनलाई समर्थन गर्दै मकालु होटल वीरगञ्जका प्रबन्धक मोहन प्रधानले यसपटक आफ्नो होटलमा ७० देखि ८० जना भारतीय पर्यटक बास बसेको बताए। ‘पहिलाको तुलनामा यसपाली भारतीय पर्यटक कम आएको देखियो,’ उनले भने, ‘तर पनि वीरगञ्ज भारतीय पर्यटकले भरीभराउ रह्यो।’

'चारपांग्रे सवारी साधनमा प्रवेश गरेका धेरै पर्यटक सोझै हेटौँडा, सौराहा, पोखरा पुगेर मात्र रोकिन्छन्। यहाँ उनीहरू रोकिदै रोकिँदैनन्। उनीहरूलाई समेत जोड्ने हो भने नयाँ वर्षले ठूलो परिमाणमा भारतीय मुद्रा नेपाल भित्रिएको छ' उनले भने। 

मकालु होटल मात्र होइन वीरगञ्जको भिस्वा होटल पनि भारतीय पर्यटकले भरीभराउ रह्यो। होटलको रुम प्रयोग गर्नेभन्दा रेष्टुरेन्ट प्रयोग गर्ने पर्यटक बढी देखिएको भिस्वा होटलका म्यानेजर प्रशान्त सिंहले बताए। 

‘रेष्टुरेन्टमा आएका अधिकांश टोली पारिवारिक समूहका थिए। उनीहरू खानपानमै बढी खर्च गरे,’ उनले भने, ‘एउटै परिवारका ५/६ जना सदस्य रेष्टुरेन्टमा उपस्थित थिए। यसरी हेर्दा करिब ६ हजार बढी परिवार रेष्टुरेन्ट प्रयोग गरेका थिए।’ करिब डेढ सय जना भारतीयल क्यासिनोसमेत प्रयोग गरेको उनले जानकारी दिए। 

समग्रमा हेर्दा होटल व्यवसायीको लागि नयाँ वर्ष कारोबार बढाउने अवसरको रुपमा आउने गरेको उनले बताए। कोरोना माहामारीपछि होटल तथा पर्यटन व्यवसाय तंग्रिन थालेको उनले जानकारी दिए। वीरगञ्जमा मात्र साना ठूला गरेर ५ सय होटल सञ्चालनमा रहेको होटल तथा पर्यटन व्यवसायीले बताएका छन्।

वीरगञ्ज नाका भएर भित्रिने सवारीको संख्या डिसेम्बर ३१ मा नै अत्याधिक रुपले बढेको थियो। सामान्य अवस्थामा वीरगञ्जमा भन्सार तथा इन्ट्री गराएर एक हजार २ सय देखि एक हजार ५ सय सवारीसाधन नेपाल आउने गरेका थिए। तर डिसेम्बर ३१ मा एकैदिन एक हजार ५ सय कार र २ हजार ५ सय मोटरसाइकल गरी ४ हजार सवारी भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले जानकारी दिए। 

ती सबै सवारीबाट एकैदिन ११ लाख रुपैयाँ राजस्व संकलन भएको र यो सामान्य अवस्थाभन्दा चौबर बढी भएको उनले बताए। उनका अनुसार जनवरी १ मा ६ सय कार र २ हजार ९ सय दुईपांग्रे सवारीसाधन वीरगञ्ज भन्सार कार्यालय भएर भित्रिएका थिए। ती सबै सवारी साधनबाट साढे ९ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।


प्रकाशित : बिहीबार , पुस १८ २०८११६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend