शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

अनाहकमा हवाईजहाजको इमरजेन्सी ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्ति रकम परोपकारी संस्थालाई हस्तान्तरण

जनकपुरधामको महागंगा आरती र पोखराको वृद्धाश्रमलाई सहयोग

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १८ २०८१
images
images
अनाहकमा हवाईजहाजको इमरजेन्सी ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्ति रकम परोपकारी संस्थालाई हस्तान्तरण

बुद्ध एयरले अनाकहमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई क्षतिपूर्ति रकम एक लाख रुपैयाँ तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ।

images
images

काठमाडौं- हिजो जनवरी १ का दिन पोखराबाट काठमाडौं (उडान संख्या ६१८) को बुद्ध एयरको उडान तयारीका क्रममा एक यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोल्दा उडान ढिला भएको बुद्ध एयरले जनाएको छ। टेक्निकल टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६:४० मा काठमाडौंका लागि उक्त जहाज उडेको थियो।

images
images
images

यसैगरी काठमाडौंबाट जनकपुरका लागि अक्टोबर १० का दिन बिहान ६:०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भइ विराटनगर पुगेको थियो।

images

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए।

images
images
images

उक्त घटनापछि चालक दलले जहाज पार्किङ-वेमै फर्काएका थिए। जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गइ सम्पूर्ण चेकजाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो। यसबाट उडान प्रक्रिया अवरुद्ध भइ त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो। 

अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ। यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा एक/एक लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको बुद्ध एयरले जनाएको छ। 

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ। 

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ। विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन्।

बुद्ध एयरले अनाकहमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई क्षतिपूर्ति रकम एक लाख रुपैयाँ तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ।


प्रकाशित : बिहीबार , पुस १८ २०८११५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend