शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पाँचखाल औद्योगिक क्षेत्रको विकास तथा सञ्चालन पीपीपी मोडलमा निजी क्षेत्रबाट गरिने

images
शुक्रबार, पुस १९ २०८१
images
images
पाँचखाल औद्योगिक क्षेत्रको विकास तथा सञ्चालन पीपीपी मोडलमा निजी क्षेत्रबाट गरिने

पूर्वाधार संरचना निर्माण गरेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो।

images
images

काठमाडौं- पाँचखाल नगरमा निर्माण हुने पाँचखाल औद्योगिक क्षेत्रको संरचना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ। यही पुस १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गर्ने निर्णय गरेको छ।

images
images
images

बैठकले नै पूर्वाधार संरचना निर्माण गरेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो।

images
images

यसअघि २०८० जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पाँचखाल आर्थिक क्षेत्रको नाम परिवर्तन गरी 'महिला उद्योग ग्राम’मा रूपान्तरण गर्ने निर्णय गरेको थियो। तर १८ महिनापछि आएर सरकारले महिला उद्योग ग्रामको अस्तित्व नै मेटाउने गरी पाँचखाल आर्थिक क्षेत्र नै उल्लेख गरेको छ।

images
images
images

२०८०/०८१ को बजेट ल्याउँदै गर्दा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले निर्माणको प्रक्रियामा रहेको उक्त ग्रामलाई महिला उद्योग ग्राम नामकरण गर्ने घोषणा गरेका थिए। सोहीअनुसार मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

ग्रामको विस्तृत अध्ययन प्रतिनवेदन तयार भइसेको छ। पाँचखाल नगरपालिका वडा नम्बर ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गामा भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने कामसमेत भइसकेको छ। श्रीराम पार्टीस्थित ५० रोपनी जग्गामा ५० वटा उद्योग सञ्चालन गर्नेगरी ग्राम निर्माण गर्ने सरकारको तयारी छ।

ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भइ प्रक्रिया अघि बढाइएको थियो।

प्रारम्भिक चरणमा ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्यांकी निर्माण तथा डीपीआर तयार गर्न ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो। बागमती प्रदेशका संघीय अनुदानप्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका छ स्थानीय तहमा आर्थिक वर्ष २०७६/७७ मा सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो।

काभ्रेमा ३ तथा मकवानपुर, चितवन र दोलखामा एक-एकवटा औद्योगिक ग्राम स्थापना गर्नेगरी सरकारले सडक स्तरोन्नति, कम्पाउन्ड, डीपीआर तयार, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए), खानेपानीलगायतको व्यवस्था गर्न थप ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

पाँचखाल नगरले वडा ७ (साविक होक्से गाविस)मा ग्राम स्थापना र विकासका लागि सोही वडाको कित्ता ८९, ९० र ११३ को करिब पाँच हेक्टर जग्गा २५ वर्षका लागि उपलब्ध गराएको छ।

निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन गर्न २ अर्ब ९५ करोड २७ लाखको अनुमानित लागतमा पाँचखाल सेजको निर्माण अघि बढाएको थियो। पाँचखाल सेजमा ५२ निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ।  कृषि वन पैदावार, स्थानीय कच्चा पदार्थबाट उत्पादित उत्पादनहरू ग्रामभित्र राखिने गुरुयोजनामा उल्लेख छ।


प्रकाशित : शुक्रबार, पुस १९ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend