शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

images
बिहीबार , पुस १८ २०८१
images
images
पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

'पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन्', पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भने।

images
images

काठमाडौंं- संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुईवटा बैठक सम्पन्न भइसकेको जानकारी गराए।

images
images
images

मन्त्री पाण्डेले भने, 'पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दैछौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ। पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन्।'

images
images

उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेको र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए। मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे।

images
images
images

समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गरे। उनले भने, 'काठमाडौं एयरपोर्टको विकल्प निजगढमात्रै हो, पहिलो प्राथमिकता दिइयोस्, ट्रान्जिटको भूमिका पनि देखिन्छ।'

पूर्वप्रधानमन्त्री नेपालले कुनै पनि परियोजना बनाउने कुरामा हचुवाको भरमा नभइ कहाँ आवश्यक छ कहाँ छैन कुनै हिसाबकिताब गरेर मात्र गर्नुपर्ने बताए। पर्यटकलाई आकर्षित गर्न गन्तव्य ठाउँ सफा सुग्घर बनाउनुपर्ने उनको भनाइ थियो।

सांसद प्रभु साहले निजगढ एयरपोर्टमा चासो नपुगेको र मन्त्रालयको प्राथमिकतामा किन नपरेको भनी प्रश्न गरे। साथै उनले पुरातात्विक क्षेत्रमा उत्खननका नाममा दुरूपयोग भइरहेको बताउँदै मन्त्री पाण्डेको ध्यानाकर्षण गराए। सांसद धवल शमशेर जबराले पर्यटन क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार बनाउने कार्य राम्रो भनी प्रशंसा गरे। उनले मुलुकमा आउने पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए।

सांसद भीमप्रसाद आचार्यले नेपालको आफ्नो हवाई जहाज नहुँदा ६० प्रतिशत पर्यटक विदेशी कम्पनीले लिने गरेको बताए। भैरहवा र पोखरा विमानस्थल चलाउनुपर्ने उनको भनाइ थियो। उनले यसका लागि दुई छिमेकीमुलुकसँग छलफल हुन जरूरी रहेको बताए।

सांसद सुदन किरातीले पशुपति धर्मशालाको निर्णयको पुनःअधययन गर्ने निर्णय किन गरेको हो भनी मन्त्रीसँग प्रश्न गरे। उनले निजगढ विमानस्थल विस्तृत अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै नभए विमानस्थल घाम तापेर बस्नुपर्ने अवस्था आउनसक्छ भने। 

सांसद सुनिता बरालले पर्यटन क्षेत्रमा भूकम्पपछि क्षति भएका सम्पदा कति सम्पन्न भए कति हुन बाँकी छन् जानकारी गराउन माग गरिन्। सांसद प्रेम सुवालले मन्त्रालयको बेरूजु किन फछर्याैट हुन सकेको भनी प्रश्न गरे।

सांसद शिशिर खनालले हवाई क्षेत्रमा नियमाक निकाय र सेवा प्रदायक निकाय छुट्याउने विषयमा प्रगति राम्रो भएको उल्लेख गरे। सांसद योगेश गौचन थकालीले नेपालमा पर्यटन क्षेत्रमा रहेका झन्झटिला प्रक्रियालाई सरलीकरण बनाउनुपर्ने बताए। रासस


प्रकाशित : बिहीबार , पुस १८ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend