बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

बाख्रा पालेर वार्षिक वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

images
बिहीबार , पुस १८ २०८१
images
images
बाख्रा पालेर वार्षिक वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

हालसम्म १२ लाख रूपैयाँ लगानी गरेर व्यवस्थित दुईवटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र पाँच लाख ५० हजार रूपैयाँको खसीबोका बेचेको जानकारी दिए।

images
images

दाङ- घोराही उपमहानगरपालिका-६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन्।

images
images
images

घरमा आमाले घरखर्चका लागि पालेका पाँचवटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्‍याएको खनालले बताए। उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन्। 'राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै। मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै' भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ', खनालले भने।

images
images

अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए। खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन्। 'अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक पाँच लाख ५० हजार रूपैयाँसम्म आम्दानी हुन्छ। घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन', उनले भने, 'युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ।'

images
images
images

खनालले बाख्रालाई खुवाउन १२ कठ्ठामा वर्षिम, पाँच कठ्ठामा जौ र १० कठ्ठा जमिनमा नेपियर घाँसखेती गरेका छन्। उनले एकजना सहयोगी पनि राखेका छन्। एकसय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एकसय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।

'पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ', खनालले भने। आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रापालन सुरु गरेको उनले बताए। संघ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे। 

'लगानी लगाउनेबित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ। निरन्तर मेहनत भने गर्नुपर्छ', खनालले भने। हालसम्म १२ लाख रूपैयाँ लगानी गरेर व्यवस्थित दुईवटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र पाँच लाख ५० हजार रूपैयाँको खसीबोका बेचेको जानकारी दिए। एउटा खसीलाई ६० हजार रूपैयाँसम्म बाख्रा बिक्री गरेको उनले उल्लेख गरे। 

अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए। दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, 'बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै पाँच लाख ५० हजार रूपैयाँको खसीबोका बिक्री भएको थियो।'

यो वर्षको बिस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे। आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उनले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। स्वदेशमै केही गर्न चाहने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोेडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , पुस १८ २०८११४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend