शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

केन्द्रीय नवीकरणीय ऊर्जा कोषको सदस्यमा शर्मा र यादव नियुक्त

images
बिहीबार , पुस १८ २०८१
images
images
केन्द्रीय नवीकरणीय ऊर्जा कोषको सदस्यमा शर्मा र यादव नियुक्त

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सञ्चालित उक्त समितिको सदस्यहरुलाई ऊर्जामन्त्री दीपक खड्काले आज नियुक्त गरेका हुन्।

images
images

काठमाडौं- केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लगानी समितिको सदस्यमा रोजिना शर्मा र अभिषेक यादव नियुक्त भएका छन्।

images
images
images

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सञ्चालित उक्त समितिको सदस्यहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज नियुक्त गरेका हुन्।

images
images

ललितपुरका शर्मा र महोत्तरीका यादव दुवैजना एक दशकभन्दा बढीदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत छन्।

images
images
images

ग्रामीण तथा नवीकरणीय ऊर्जा प्रविधिको क्षेत्रमा अनुदान, भायविलिटी ग्याप फण्डिङ (भीजीएफ) तथा सरल कर्जाको प्रभावकारी परिचालन गर्न वित्तीय व्यवस्थासहितको केन्द्रीय नवीकरणीय ऊर्जा कोषको स्थापना भएको थियो। 

उक्त कोषले नवीकरणीय तथा ग्रामीण ऊर्जा प्रविधिको विकास, प्रवर्द्धन तथा विस्तार गर्न अनुदान, भीजीएफ तथा कर्जा प्रवाह गर्ने, वित्तीय मध्यस्थकर्तामार्फत सहुलियत दरमा उपभोक्ता कर्जा उपलब्ध गराउँदै आएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए।

उक्त समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अध्यक्ष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सदस्य, अर्थ मन्त्रालयका उपसचिव सदस्य, नेपाल बैंकर्स संघले तोकेको ‘क’ वर्गको निजी क्षेत्रको वाणिज्य बैंकको प्रतिनिधि सदस्य, विकास साझेदारको तर्फबाट नियुक्त एकजना प्रतिनिधि सदस्य र कोषको सचिवालयको प्रमुख सदस्य-सचिव रहने व्यवस्था छ। रासस


प्रकाशित : बिहीबार , पुस १८ २०८११३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend