शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुरु भयो बन्दीपुर भ्रमण वर्ष

images
बुधबार, पुस १७ २०८१
images
images
सुरु भयो बन्दीपुर भ्रमण वर्ष

भ्रमण वर्षका क्रममा बन्दीपुर-छिम्केश्वरी-मनकामना-गोरखा मन्दिर-लिगलिगकोट-भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ।

images
images

तनहुँ- ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन्।

images
images
images

सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

images
images

बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

images
images
images

भ्रमण वर्षका क्रममा बन्दीपुर-छिम्केश्वरी-मनकामना-गोरखा मन्दिर-लिगलिगकोट-भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ। 

भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिए। भ्रमण वर्षका अवसरमा एक वर्षमा २४  सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उनको भनाइ थियो। 

बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रियस्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने भ्रमण वर्षको उद्देश्य रहेको जनाइएको छ। 

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ। रासस


प्रकाशित : बुधबार, पुस १७ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend