शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माणस्थलमा भएका रुख कटानको स्वीकृति कुर्दै समिति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १७ २०८१
images
images
दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माणस्थलमा भएका रुख कटानको स्वीकृति कुर्दै समिति

आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भएकोले यसका लागि नेपाल सरकार र भारत सरकारबीच २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

images
images

काठमाडौं- मुलुकको व्यापार सहजीकरणका लागि आवश्यक व्यापारिक पूवार्धार निर्माण गर्ने क्रममा सरकारले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाअन्तर्गत वडा नम्बर १ मा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो। 

images
images
images

आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भएकोले यसका लागि नेपाल सरकार र भारत सरकारबीच २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

images
images

उक्त आयोजना भारत सरकारबाट निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात समितिबाट तयारी गरी २०८० बैशाख १७ मा स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरी परिमार्जित वातावरणीय व्यवस्थापन योजना गएको भदौमा वन तथा वातावरण मन्त्रालयको निर्णयानुसार स्वीकृत भएको थियो। जसअनुसार आयोजना सञ्चालनको लागि प्रस्तावित जग्गाको क्षेत्रफल ४२.३६ हेक्टर रहेको छ।  

images
images
images

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा परिमार्जित वातावरणीय व्यवस्थापन योजनाको स्वीकृतिपश्चात दोधारा चाँदनी एकीकृत जाँच चौकी/सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको राष्ट्रिय वनको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीका १ हजार ७ सय २ वटा रुख र पोलहरु हटाउन नेपाल सरकार मन्त्रिपरिषदको मिति असोज २ को निर्णय अनुसार स्वीकृति प्राप्त भएको थियो।

मन्त्रिपरिषदको उक्त निर्णयानुसार रुख कटान कार्यको लागि संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० अनुसार दोधारा चाँदनी एकीकृत जाँच चौकी आयोजना निर्माणको लागि प्रयोग हुने ४२.३६ हेक्टरर क्षेत्रफलमा नघट्ने गरी सट्टाभर्ना स्वरुप नेपाल सरकारलाई जग्गा उपलब्ध गराउनु पर्ने भएको हो।

नेपाल सरकारलाई सट्टाभर्ना स्वरुप बुझाउनु पर्ने जग्गा तत्काल उपलब्ध गराउन नसकिएको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई वन विकासको लागि जग्गा खरिद गर्ने प्रयोजनको लागि जम्मा १४ करोड ८२ लाख ६० हजार रुपैयाँ समितिले बुझाउनु पर्ने भएको छ।  

समितिबाट मिति २०८१ पुस ९ मा उक्त रकम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरिसकिएको र उक्त प्रस्तावित स्थानमा भएका विभिन्न प्रजातीका १७०२ वटा रुख र पोलहरु हटाउने कार्यको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट स्वीकृत प्रदान गर्नु पर्ने भएको छ।

रुख कटानको स्वीकृतिको लागि यस समितिबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा नियमित सम्पर्क गरिरहेको र आदेशरस्वीकृति प्राप्त भएपछि रुख कटानको लागि प्रकृया अघि बढाइने जानकारी समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दिए।

साथै एकीकृत जाँच चौकी निर्माण गर्न भारतीय पक्षबाट कम्पनी छनौटको लागि टेन्डरको तयारी गरी सकेको र रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित गर्ने जानकारी भारतीय दुतावासबाट प्राप्त भएको जानकारीसमेत कार्यकारी निर्देशकले गराए।    

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार सहित निर्माण हुन लागेको यस आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी/खाद्य प्रयोगशाला प्रशासनिक भवन लगायतका संरचनाहरुको निर्माण हुनेछ। यस आयोजनाको कुल लागत करिब ५.७६ अर्ब नेपाली रुपैयाँ रहेको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए। 


प्रकाशित : बुधबार, पुस १७ २०८११५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend