बुधबार, वैशाख १० गते २०८२    
बुधबार, वैशाख १० २०८२
images
images

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बीमा रकम भुक्तानी

images
बुधबार, पुस १७ २०८१
images
कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बीमा रकम भुक्तानी

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

images
images

काठमाडौं- कुमारी बैंक लिमिटेडले 'कुमारी परिवार सुरक्षा बचत खाता' योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। 

images
images
images

खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

images
images

कुमारी बैंकले 'कुमारी परिवार सुरक्षा बचत खाता' मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको पनि बैंकले जनाएको छ। यस खातामा खातावालासहित परिवारका चारजना सदस्यहरुले २६ लाख रूपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

images
images

कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि 'कुमारी परिवार सुरक्षा बचत खाता' योजनामार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, पुस १७ २०८११३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend